२५ माघ २०८२, शनिबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


तीनजना नयाँ मन्त्री नियुक्त, आज ५ बजे नै सपथ



२१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग सोमबार शीतल निवासमा भेटवार्ता गरेका छन् । राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने जानकारी दिएका छन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले आज ३ जना बिना विभागीय मन्त्री बनाउन लागेको राष्ट्रपतिसमक्ष जानकारी गराएका हुन् । माओवादी केन्द्रबाट नुवाकोट–१ का सांसद हितबहादुर तामाङलाई मन्त्री बनाउने तयारी रहेको जनाइएको छ । तामाङ पहिलो पटक मन्त्री बन्न लागेका हुन् ।
एमालेबाट पर्वतका सांसद पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापतिसमेत रहेका डीपी अर्याललाई मन्त्री बनाइने भएको छ ।

गिरी चुनावपछि भएको गठवन्धन सरकारमा स्वास्थ्यमन्त्री थिए भने र अर्याल श्रममन्त्री थिए ।

आज पाँच बजे शपथको कार्यक्रम आयोजना गरिने बताइएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ८ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।