१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


मित्रपार्कमा कार र मनोहरामा बसमा आगलागी



२१ फागुन । राजधानीको सडकमा आइतबार एकै दुई सवारी साधनमा आगलागी हुँदा जलेर नष्ट भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ७ मित्रपार्कस्थित सडकमा प्रदेश.३–०१–०२३ च ५२०३ नम्बरको कारमा गुडिरहेको अवस्थामा आइतबार साँझ आगलागी हुँदा कारको अगाडिको बम्पर लगायत ईन्जिनको भाग जलेर क्षति भएको छ ।
यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका ८ बालुवाखानीमा हाल नम्बर नखुलेको बिग्रेको अवस्थामा राखिएको न्यू बुद्ध प्रकास सेकेन्डरी स्कुलको बसमा आइतबार राति आगलागी हुँदा बस आशिंक रूपमा क्षति भएको छ ।
घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  २ : ४१ बजे