२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘लाइभ कन्सर्ट’मा एलिना र साउण्ड टेक्निसियनबीच भनाभन



२२ फागुन । गायिका एलिना चौहान पुन: एकपटक विवादमा तानिएकी छन्। चौहानले स्टेज प्रस्तुति दिने क्रममा साउन्ड टेक्निसियनसँग वादविवाद गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

भिडियोमा एलिनाले टेक्निसियनलाई साउण्ड मिलाउन आग्रह गरेकी छिन्। ती प्राविधिकले चाहिँ पहिले आफ्नो भोकललाई क्लियर गर्न र हामीसँग लेबल माग्नु’ भनेका छन्।

त्यसपछि एलिनाले भनेकी छन्, ‘पहिलो तपाईंको त्यो बोल्ने ढंग सुधार गर्नु है बुझ्नूभो रु आफ्नो गल्ती‘यहाँ आएर एकचोटी उफ्रेर हेर्नु त। तपाईंले मलाई सिकाउनु पर्दैन क्या। बुझ्नु भो नि। नाच्न जान्दैन आँगन टेडो भनेको यही हो क्या। मिलाउन आउँदैन अनि। लाज लाग्दैन यस्तो बोल्नलाई ?’

त्यसको जवाफमा टेक्निसियनले भनेका छन्, ‘तपाईंले भन्दा हामीले धेरै काम गरिसकेका छौं।’

त्यसपछि एलिनाले आयोजकका व्यक्तिहरूसँग कुरा गरिन् । साउन्डमा सुधार नभएपछि उनले अन्तिम गीत गाउन सकिनन् । उद्घोषले एलिनालाई धन्यवाद दिए।

पर्वतमा आइतबार ‘तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सव’अन्तर्गत स्टेज पफर्मेन्सका क्रममा एलिनाको टेक्निसियनसंग विवाद भएको हो।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ८ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।