२४ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा बालुवाटार युवक पक्राउ



२३ फागुन । पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रामेछाप उमाकुण्ड नगरपालिका ६ घर भई हाल काठमाडौं बालुवाटार बस्ने २६ वर्षीय गोबिन्द थापालाई पक्राउ गरेको हो ।
थापाले इन्द्रकुमार खवासलालई पोल्याण्ड पठाइदिन्छु भनी ३ लाख ७० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जानकारी दिएको छ । मंगलबार पक्राउ परेका थापालाई प्रहरीले आज सार्वजनिक गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग कार्यालय ताहाचाल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ५ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।