१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘रंगेली’ हेर्दै नहेरी पाहुना हलबाट फर्किए



ललितखबर
२४ फागुन । राजधानीमा बुधबार साँझ चलचित्र रंगेलीका प्राविधिकको गम्भिर गल्तीका कारण चलचित्र हलमा निम्त्याइएका पाहुना चलचित्र नहेरी फर्केका छन् ।
कमलपोखरीको एक चलचित्र भवनमा अपरान्ह साडे चार बजे नै प्रिमियरका लागि सयौं संख्यामा कलाकार संचारकर्मी पत्रकार र शुभेच्छुक निम्त्याएको थियो । तर निर्माण पक्षले चलचित्र सम्पादन गरेर समयमै नल्याउदा ७ बजेसम्म कुर्नु परेको थियो ।
७ बजे बल्ल चलचित्रको फाइल हलमा आएपछि चलचित्र सुरु भयो तर ध्वनी नै बजेन । झण्डै ८ बजेसम्म कुरेका धेरै पाहुना चलचित्र नहेरि फर्केका थिए ।
चलचित्रको फाइल कम्प्युटरबाट इम्र्पोट गर्दा ध्वनी राख्न छुटेको चलचित्रका प्राविधिकले बताए । करिव आठ बजे चलचित्र सुचारु भएको थियो । २ घण्टा ५५ मिनेटको चलचित्र सकिदा सवा १० बजेको थियो भने चलचित्रको रिभ्यु कार्यक्रम सकिदा ११ बजेको थियो ।
चलचित्र छायाँकनको समयमै चलचित्र मिती तोकेर काम गर्दा प्राविधिकहरुलाई तनाव हुने र काम नसकिदा प्रिमियर कार्यक्रम निर्धारित समयभन्दा ढिलो हुने गरेको एक चलचित्रकर्मीले टिप्पणी गरे ।
शुक्रबारबाट चलचित्र काँडेतार, उपहार र रंगेली प्रर्दशन हुँदेछ । तीन वटै चलचित्रको राजधानीमा प्रिमियर कार्यक्रम राखिएको र प्रिमियर नजुधाई कार्यक्रम सम्पन्न गर्नुपर्ने भएपछि समस्या परेको उनी बताउछन् ।
चलचित्रको पा्रविधिक काम नै नसकिएको अवस्थामा चलचित्रका कलाकारहरु हलमा ढिलो आउने गरेका छन् ।
राजधानीमा आयोजना हुने चलचित्रसम्बन्धि कार्यक्रम समयमा सुरु नहुँने समस्या छ ।
चलचित्रको प्रिमियरमा भाग लिन अभिनेता दायाहाङ राई र मिरुना मगरसहितको टिम चलचित्र घर ज्वाईको छायाँकनपछि मध्यरातमा मनाङबाट प्रस्थान गरेर निन्द्रामै राजधानी आएका थिए ।

 

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  ३ : १२ बजे