१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘रंगेली’को प्रिमियरमा सहभागी अभिनेता दयाहाङ र मिरुनाको कष्टकर यात्रा



ललितखबर
२४ फागुन । चलचित्रका अभिनेता अभिनेत्रीको जीवन सुखमय रहने धेरैले अनुमान गर्छन् । सिनेमाको रंगीन संसारमा रहेका उनीहरुले सधै सुख र सुविधा पाउछन् भन्ने चाही हुँदैन ।
नेपाली चलचित्रका सफल जोडी दयाहाङ र मिरुना मगरले पछिल्लो समय भोग्नु गरेको कष्टकर यात्राबारे आफैले दर्शकलाई सुनाएका छन् ।
रुकुमस्थित लुगमबाट कष्टकर यात्रा पार गर्दै अभिनेता दयाहाङ र अभिनेत्री मिरुना मगर राजधानीमा चलचित्र रंगेलीको प्रिमियरमा सहभागी भएका हुन् ।
बुधबार राती आयोजना भएको चलचित्रको प्रिमियर कार्यक्रममा उनीहरुको कष्टकर यात्राको बेलिविस्तार नै लगाए ।
मध्यरातको साडे दशसम्म चलचित्र सुटिङको सेटमा काम गरिरहेका उनीहरु मध्यरातको ११ बजे त्यहाबाट हिडे । पेट्रोल गाडीमा डिजल राखेर गाढी चलाउदा गाडी बाटोमै बिग्रियो । अनि अर्को गाडीमा जानु पर्ने बाध्यता आइपरेको अभिनेता दायाले बताए ।
पछिल्लो समय पश्चिमी क्षेत्रमा हिउ परेकाले हिउको बाटो गाडी चलाउन कठीन थियो । ‘रातमा हिउ परेको भए हामी आउन सक्ने थिएनौं ।’, उनी भन्छन् ।
रातभरको निन्द्रा मारेर जसोतसो पोखरा आइपुगेपछि हवाई जहाजको टिकट पाएनन् । चारैतिर भनसुन गर्दा समेत असम्भव भएपछि कलाकार बुद्धि तामाङले टिकटको जोहो गरिदिएका थिए ।
रातभर नसुती काठमाडौं आएका दया र मिरुनाको प्रिमियर अनुभव पनि सुखद भएन । साडे चार बजे निम्तालु बोलाइएको भए पनि चलचित्रमा प्राविधिक समस्या आएपछि ८ बजेमात्रै चलचित्र सुरु भयो । ११ बजे चलचित्र सकिएपछि बाह्रबजेसम्म उनीहरु संचारकर्मीहरुसँग प्रतिकृया दिएर घर फर्केका थिए । लगत्तै बिहीबार रुकुम फर्कने उनीहरुको योजना रहेको बताउछन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  ६ : ०७ बजे