२४ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कीर्तिपुर नगरपालिका–१ का वडाध्यक्ष महर्जनको निधन



२४ फागुन । कीर्तिपुर नगरपालिका-१ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ। ६० वर्षीय महर्जन क्यान्सरबाट पीडित थिए। उनको गएराति आफ्नै निवासमा निधन नगरप्रमुख राजकुमार नकर्मीले जनाकारी दिए।

वडाध्यक्ष महर्जनको पार्थिव शरीर अहिले कीर्तिपुर नगरपालिकाको कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ। महर्जन २०७९ को पालिका चुनावमा नेपाली कांग्रेसका तर्फबाट कीर्तिपुर नगरपालिका वडा नम्बर १ को अध्यक्षमा निर्वाचित भएका थिए। उनको निधनमा आज नगरपालिकाले शोक बिदा दिएको छ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  ६ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।