११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नेपाली चलचित्रलाई विभेद गरी विदेशीको भरणपोषण गरियोः रेखा थापा



२४ फागुन । नेपाली चलचित्रको शो बाँडफाँटलाई लिएर निर्माताले आपत्ति जनाएका छन् । खासगरी उनीहरुको असन्तुष्टि धेरै पर्दा भएको हल क्यूएफएक्सप्रति लक्षित छ ।

शुक्रबार तीन नेपाली चलचित्र उपहार, काँडेतार र रंगेलीसहित विदेशी चलचित्रहरु ‘कुङ्फु पान्डा ४’ र ‘शैतान’ रिलिज हुँदैछन् । ‘ड्युन २’ र ‘अगस्त्य’ दोस्रो सातामा प्रवेश गर्नेछन् ।

आफ्नो चलचित्र ‘उपहार’लाई कम शो उपलब्ध गराएको भन्दै निर्मात्री तथा अभिनेत्री रेखा थापाले क्रुद्ध प्रतिक्रिया जनाएकी छन् । बिग, एफक्युब लगायतले सम्मानजनक शो दिएको तर क्यूएफएक्सले नेपाली सिनेमालाई विभेद गरी विदेशी सिनेमाको भरणपोषण गरेको भन्दै रेखाले आपत्ति जनाएकी छन् ।

उनी लेख्छिन्, ‘यसरी नेपाली चलचित्रलाई विदेशी फिल्मको वकालत गर्ने क्यूएफएक्सले विभेद गरेको छ । सँगैको बिग मुभिज, वान सिनेमा र एफक्युब लगायतका हलले सम्पूर्ण नेपालभरि सम्मानजनक शो उपलब्ध गराएको छ । त्यसमा आभार व्यक्त गर्दछु । क्यूएफएक्स चेनले नेपाली चलचित्रलाई विभेद गरी विदेशी सिनेमाको भरणपोषण गरेकोमा आपत्ति छ । तीनवटा पर्दा भएका अन्य हलले चार शो दिन सक्ने तर काठमाडौंमा मात्र १३ स्क्रिन भएको चेनले तीन शो मात्र उपलब्ध गराउनुको अर्थ के हो ? नेपाली चलचित्रप्रेमी दर्शक र नेपाली चलचित्रसँग सम्बन्धित संघसस्थाहरु किन मौन ?’

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  ८ : ५६ बजे