२५ माघ २०८२, शनिबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


निर्वाचन आयोगले रेशम चौधरीलाई दिएन नाउपा अध्यक्षको मान्यता



२४ फागुन । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीलाई अस्वीकार गरेको छ । आयोगले चौधरी पार्टीको सदस्य बन्नसमेत अयोग्य ठहर गर्दै रञ्जीता श्रेष्ठ चौधरीलगायत पुरानै कार्यसमितिलाई मान्यता दिएको छ ।

बिहीबार आयोगले निर्णय गरी पुरानै अध्यक्ष रञ्जिता श्रेष्ठलाई नै कायम गर्ने निर्णय गरेको आयोगका सहसचिव यज्ञ भट्टराईले जानकारी दिए । नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुरमा भएको महाधिवेशनबाट चौधरीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको थियो । त्यस अनुसार नाउपाले दलको अभिलेख अद्यावधिक गरिदिन निर्वाचन आयोगमा निवेदन दिएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  १ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।