२४ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चिनियाँलाई नेपाली नागरिकता दिलाएको आरोपमा ललितपुरका अर्याल पक्राउ



२४ फागुन । सुन तस्करीमा संलग्न चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिएको आरोपमा एक अधिकृत पक्राउ परेका छन्। बागमती प्रदेशसभा सचिवालयमा कार्यरत अधिकृत रामचन्द्र अर्याललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको हो। पक्राउ परेका अधिकृत अर्याल ललितपुरको महालक्ष्मी नगरपालिका ५ का हुन्।

उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पत्र पठाएको थियो। उनले जिल्ला प्रशासन कार्यालय काभ्रेमा कार्यरत हुँदा चिनियाँलाई नागरिकता दिएको आरोप छ।
उनले चिनियाँ नागरिक दावा छिरिङलाई निमा तामाङ नामको नेपाली नागरिकता दिलाएको आरोप छ। उनीहरु ६१ किलो सुन तस्करीको मुद्दामा पुर्पक्षका लागि थुनामा छन्।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  २ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।