११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


तीन चलचित्र ‘उपहार’,‘रङ्गेली’ र ‘काँडेतार’को भीडन्त



२५ फागुन । आजबाट देशभरका चलचित्र भवनहरुमा ‘उपहार’,‘रङ्गेली’ र ‘काँडेतार’ प्रर्दशन भएको छ ।
करिव १ सय ५० वटा चलचित्र भवन रहेका नेपालमा दुई सय २५ हलमा यी चलचित्रहरु बाँडिएर प्रर्दशन हुने भएका हुन् ।
तीन नयाँ चलचित्र प्रर्दशन भइरहेको अवस्थामा गत साताबाट प्रर्दशनमा आएको चलचित्र अगस्त्य पनि प्रर्दशनरत छ । पछिल्ला दिनहरुमा औसत व्यापार गरिरहेको यो चलचित्र पनि हलहरुमा टिक्ने अवस्थामा रहेको अवस्थामा चार चलचित्रभित्रको भिडन्त हुने निश्चित छ ।
निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा रहेको चलचित्र ‘उपहार’मा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पण जंग कार्की, शिशिर राणा, सुष्मा कार्की लगायतका कलाकारको अभिनय छ ।
देशभित्रै केही गर्छु भनेर संर्घषरत युवतीको कथामा आधारित चलचित्र ‘उपहार’को विहीबार राजधानीमा प्रिमियर गरिएको थियो । प्रिमियरमा यस चलचित्रले सकारात्मक प्रतिकृया पाएको थियो ।
नवल खड्काद्वारा निर्माण, निर्देशनमा प्रर्दशनरत चलचित्र ‘काँडेतार’मा नवल खड्कासहित गौरव पहारी, रेबिका गुरुङ, सुरबिना कार्की लगायतको अभिनय छ । नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने कथामा निर्माण गरिएको चलचित्र गत मंगलबार प्रिमियर गरिएको थियो । प्रिमियरमा सहभागी राजनीतिक दलका नेताहरुले् चलचित्र राम्रो बनेको प्रतिकृया दिएका थिए र

साथै डेब्यू निर्देशक अर्जुन सुवेदीकको चलचित्र चलचित्र ‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडालगायतको अभिनय रहेको छ । विराटनगरनजिकै रङ्गेलीमा हुने गरेको अबैध लागूऔषध। नक्कली भारतीय नोट कारोबार र हतियार कारोबारी गुण्डाहरुको कथामा चलचित्र निर्माण गरिएको छ ।

पछिल्ला हप्तामा नेपाली चलचित्र हलमा नलाग्दा हलहरुमा हिन्दी चलचित्र चलेका थिए । गतहप्ता चलचित्र ‘अगस्त्य’ प्रर्दशन हुनुअघि माघ २६ गते चलचित्र ‘गोर्खा वारियर’ प्रर्दशन भएको थियो । गएको दुई हप्ता नेपाली चलचित्र हलमा प्रर्दशन भएनन् तर शिवरात्रीको र शनिबारको विदाको मौकाको फाइदा उठाउन तीन चलचित्र एकसाथ भिडेका हुन् ।

 

 

 

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ३ : ५१ बजे