२५ फागुन । गायिका समीक्षा अधिकारीले आफ्नो चेतना आएदेखि नै समाजले विभेदपूर्ण व्यवहार गरेको टिप्पणी गरेकी छन् ।
शुक्रबार बिहान फेसबुकमा स्टाटस लेख्दै अधिकारीले तर, आफूले कहिल्यै हिम्मत नहारेको उल्लेख गरेकी छन् । आजभोलि आफूले आफूलाई लडाकुजस्तै ठान्ने उनको भनाइ छ ।
‘समाजप्रतिको चेतना आएदेखि मलाई यो समाजले तँ नारी होस्, छोरी भन्ने भान पटक-पटक पार्यो । धेरैपटक मार्यो,’ अधिकारीले लेखेकी छन्, ‘तर पनि उठेँ । हिम्मत हारिनँ । हार्ने पनि छैन । आजभोलि त मलाई म लडाकु जस्तै लाग्छ ।’
अन्याय जति सह्यो उति हेपिनुपर्ने अवस्था आएको पनि उनले बताइन् । त्यसैले अन्यायविरुद्ध लड्ने तागत महिलाहरूमा आओस् भन्ने शुभकामना पनि उनले दिएकी छन् ।
‘मेरो परिवारको धेरै ठूला सपनाहरू थिएनन् । छैनन् पनि । साँघुरो सपनाहरूबाट फैलिन चाहानु मेरो के गल्ति थियो र ? म त पखेटा फिँजाएर उड्न चाहान्थेँ । तर बतास बनि कतै उडाएर लैजान खोज्ने धेरै भेटिए,’ उनले लेखेकी छन् ।
प्रतिक्रिया