२४ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरमा कुटपिट गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ



२५ फागुन । भक्तपुरमा कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। चाँगुनारायण नगरपालिका वडा नम्बर ३ झौखेल पिपलबोट नजिकै बिहीबार साँझ सवा ६ बजे श्रीमानले श्रीमतीमाथि कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर ८ घर भएका २५ वर्षीय सन्तोष भुजेलले मादक पदार्थ सेवन गरी २१ वर्षीया श्रीमती पवित्रा राईमाथि कुटपिट गरेको आरोप छ।

कुटपिटपछि गम्भीर घाइते भएकी पवित्रालाई भक्तपुर अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा राति सवा ७ बजे उनको मृत्यु भएको डिएसपी पाठकले बताए।

कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले सन्तोषलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ६ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।