१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुर झौखेलमा एक युवकद्वारा आफ्नै श्रीमतीको कुटेर हत्या



भक्तपुर
२५ फागुन । भक्तपुर झौखेलमा एक युवकले आफ्नै श्रीमतीको कुटेर हत्या गरेका छन् ।
प्रहरीका अनुसार भक्तपुर चाँगुनारायण नगरपालिका ३ झौखेल पिपलबोट डेरामा उनले भएका २५ वर्षीय सन्तोष भुजेलले आफ्नै श्रीमती २१ वर्षीया पवित्रा राईको हत्या गरेका हुन् ।
सन्तोषले कुटपिट गर्दा गम्भीर घाइते भएकी पवित्राको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
सिन्धुपाल्चोक मेलम्ची् नगरपालिका ८ घर भएका उनीहरु झौखेल बस्दै आएका थिए । घटनापछि सन्तोषलाई प्रहरीले बिहीबार बेलुकी पक्राउ गरेको हो ।
घटनापछि जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  २ : ०४ बजे