११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘काँडेतार’ असफल बनाउन षड्यन्त्र गरेको भन्दै हलबाट उतारिने



ललितखबर
२६ फागुन । चलचित्र ‘काँडेतार’ असफल बनाउन षड्यन्त्र गरेको आरोप लगाउदै हलबाट निर्माण पक्षले उतार्ने भएको छ ।
नेपाल भारत सिमा विवादको विषयमा निर्माण गरिएको चलचित्र ‘काँडेतार’ दर्शकको डिमान्ड उच्च भए पनि भारतको दबाबपछि हलहरुले पर्याप्त शो नदिएको भन्दै उतार्न लागेको हो ।
राष्ट्रियताको विषयमा काँडेतारलाई पर्याप्त शो नदिएको, शो दिए पनि अल्टर समयमा दिई चलचित्रलाई फल्प बनाउन खोजेपछि काँडेतार हलबाट उतार्दै भण्डाफोर गर्ने भन्दै आज राजधानीमा निर्माण पक्षले विशेष पत्रकार सम्मेलन गर्दैछ ।
निर्देशक नवल खड्काले एकाविहानै र राती सुत्ने बेलाको शो दिइएको ललितखबरसँग गुनासो गरे । उनले भने, ‘हामीलाई जम्मा २२ शो दिइएको छ । हिन्दी चलचित्रलाई १ सय १५ शो दिएर राष्ट्रियताको विषयमा बनेको चलचित्रलाई असफल बनाउन षड्यन्त्र भयो ।’
गायिका सत्यकला राई कार्यकारी निर्माता रहेको चलचित्र काँडेतारमा निर्देशक तथा कलाकार नवलसँगै गौरव पहाडी, सुरबिना कार्की, रेबिका गुरूङ्ग, प्रशान्त यादब, मुरलिधर, संजय खतिवडा, रोमियन लिम्बू, केशव रायमाझी, राजेन्द्र भगत, पन्नालाल सिकदार, पर्शुराम चौधरी, महेश गिरी, पुष्प श्रेष्ठ, रितु चौधरी, रबि शाह, ज्ञानेन्द्र कोइराला, प्रेम कार्की लगायत कलाकारको अभिनय छ ।
राजधानीमा गत मंगलबार आयोजना गरिएको प्रिमियरमा नेताहरुले चलचित्र राम्रो बनेको भन्दै प्रशंसा गरेका थिए ।

अभिनेत्री रेखा थापाले पनि चलचित्र उपहारलाई क्युएफएक मल्टिप्लेक्सले उचित शो नदिएको भन्दै असन्तष्टि जनाएकी थिइन् । शुक्रबारदेखि नेपाली चलचित्र काँडेतारसँगै चलचित्र उपहार र रंगेली प्रर्दशन सुरु भएका थिए ।

नेपाल र भारतबिचको वर्षौँदेखि उठिरहेको सीमा विवादलाई मूल मुद्दा बनाएर निर्माण भएको फिल्मको कार्यकारी निर्माता सत्यकला राई हुन् । प्रर्दशनअघि चलचित्रको देशभर ६० भन्दा धेरै स्थानमा विशेष र च्यारिटी शो गरिसकेको छ ।
विशेष र च्यारिटी शोमा चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको थियो । नेपाल चलचित्र विकास बोर्डले मौलिक फिल्म निर्माणमा प्रोत्साहन गर्न स्थापना भएको ‘स्टोरी बैङ्क’मा यो फिल्मले विशेष फिल्मको पुरस्कार समेत पाएको थियो ।
शिवम् अधिकारी र नवल खड्काको लेखन बनेको चलचित्रको निर्मातामा माकिक राई र अन्जु केसी हुन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ४ : २४ बजे