११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘उपहार’ : कमजोरीसहित सुन्दर ‘उपहार’



ललितखबर
२६ फागुन । पछिल्लो शुक्रबार तीन नेपाली चलचित्र प्रर्दशन भए । काँड्तार, रंगेली र काँडेतार ।
सानो नेपाल चलचित्रको बजारमा तीन चलचित्र प्रर्दशन भइरहँदा अभिनेत्री रेखा थापा आफै निमात्री भएर निर्देशक ज्ञानेन्द्र देउजाको साथमा चलचित्र उपहार बनाएकी छिन् ।
चलचित्रको बजारमा सफलताको खडेरी परिरहेको अवस्थामा तुलनात्मक रुपमा राम्रो चलचित्र ‘उपहार’ बनेको दर्शकलाई आभास हुन्छ । व्यवसायिक चलचित्रहरुमा लामो समयसम्म टिकिरहन सफल अभिनेत्री रेखा थापाको यो चलचित्र झण्डै कमेडीशैलीमा निर्माण गरिएको हलमा पुगेपछि दर्शकले पत्तो पाउछन् ।
चलचित्रले मध्यान्तरअघि भरपुर मनोरञ्जन दिन्छ । अभिनेत्रीहरु रेखा थापा, पुजा शर्मा र बेनिसा हमाल फरक फरक चरित्रमार्फत नोकझेक र झगडा चलचित्रलाई मनोरञ्जनात्मक बनाएको छ । चलचित्रमा उनीहरुको हर्कत हेर्नलायक छ ।
यद्यपी दुई घण्टा २३ मिनेट लामो लामो यस चलचित्रको मध्यान्तरपछिको दोश्रो भाग तुलनात्मक रुपमा बोरलाग्दो छ । निर्देशक देउजाले ठाँउ ठाँउमा कथा भन्ने शैली चलचित्रमार्फत सशक्त बनाउन सकेका छैनन् ।
चलचित्रमा रेखा थापा साथी अनि जेठीबाठी अभिभावकको चरित्रमा छिन् भने वेनिसा छुच्ची युवती र पुजा चञ्चले स्वभावकी केटी छन् । फरक चरित्रका तीन महिला नै चलचित्रमा हिरो हुन् । बाँकी सहायक कलाकार ।
चलचित्रलाई मल्टी हिरोयन स्टारको चलचित्र भन्दा फरक पर्दैन । अभिनेत्री रेखाले पुजा, वेनिसा र सुष्मालाई एउटै चलचित्रमा अटाउने गरेर सशक्त भूमिका दिएकी छिन् । चलचित्रमा सबैको भूमिका बलियो र फरक फरक चरित्र रहेको छ ।

सुष्मा कार्की


एउटी उदण्ड आइमाईको चरित्र निभाएकी अभिनेत्री सुष्मा कार्कीको अभिनय राम्रो छ । एक अर्कालाई कुरा लगाउने, भाड्ने झगडालु अनि जिद्दी युवतीको चरित्रलाई अभिनेत्री कार्कीले न्याय गरेकी छिन् ।
पुजा शर्मा


चलचित्रमा अभिनेत्री पुजा शर्मा (निशा)ले चटपटे युवतीको भूमिका राम्रैसँग निभाएकी छिन् । उनले ठाँउ ठाँउमा ओभर एक्टिङ गरेकी हुन् कि ? जस्तो लाग्छ । उनको अभिनयमा दम छैन ।
रेखा थापा


अभिनेता भुसालले चलचित्रमा खासै नयाँ काम केही गरेका छैनन । उनले चलचित्रमा पाएको भूमिका पनि कमजोर भएर हुनसक्छ राम्रो कलाकार दरिएका भुसाल चलचित्र उपहारमा छायाँमा परेका छन् । उनी विचरा पात्रको रुपमा अभिनय गरेको कारण पनि यसो भएको हुनसक्छ । अभिनेता मुकुन भुसालको अतिथी भुमिका झैं छोटो छ । उनले सामान्य चरित्रमा औसत अभिनय गरेका छन् । उनले चरित्र निर्माणमा मेहनत गरेका छैनन् ।
मुकुन भुसाल


अभिनेता भुसालले चलचित्रमा खासै नयाँ काम केही गरेका छैनन । चलचित्रमा पाएको भूमिका पनि कमजोर भएर हुनसक्छ राम्रो कलाकार दरिएका भुसाल चलचित्र उपहारमा छायाँमा परेका छन् । उनी विचरा पात्रको एपमा अभिनय गरेको कारण पनि यसो भएको हुनसक्छ ।
उनको अतिथी भुमिका छोटो छ । उनले सामान्य चरित्रमा औसत अभिनय गरेका छन् । उनले चरित्र निर्माणमा मेहनत गरेका छैनन् ।
वेनिशा हमाल

चलचित्रमा अभिनेत्री वेनिसाको चरित्र र पेशा देसाउन निर्देशक देउजा सफल छन् । उग्र र छुच्ची वकील वेनिसा चलचित्रमा राम्रो भूमिका निभाएकी छिन् ।समर्पणजंग कार्की

डेव्यु अभिनेता समर्पणजंग कार्की रोहितपात्रमार्फत चलचित्रमा झालकझुलुक देखिन्छन् । चलचित्र हेर्दै जाँदा उनको अभिनयकला खड्किन्छ । उनले अप्ठ्यारो ढंगले संवाद बोलेको छन् । उनको अभिनय बनावटीको झल्को भेटिन्छ ।
शिशिर राणा

चलचित्रमा शिशिर राणा (छवि)को अर्धबेसुरो चरित्रमा उत्रेका छन् । केटाकेटीजस्तो उनको बानी व्यहोराले चलचित्रमा मिठास भरेको छ । उनको अभिनय हेर्नलायक छ । सोझो र केटी भनेपछि मरिहत्ते गर्ने उनको बानी चलचित्रमा राम्रैसँग उतारिएको छ । चलचित्रमा राणाको अभिनेत्रीहरुसँगको रोमान्स हेर्दा अभिनेता मुकुन भुसाल र सर्मपणजंक कार्की फिक्का लाग्छन् ।

कमजोरी

चलचित्रमा बैंकको कथाबाट सुरु भएको छ । लाग्छ, एउटा नीजि बैंकको विज्ञापन भइरहेको छ । चलचित्रमा पटक पटक बैंकको बोर्ड चलचित्रमा देखाइएको छ ।
चलचित्रमा करोडौैको उपहार दिइरहेको दृश्यले दर्शकलाई बिझाउछ । मासु चोरेर खाने केटीहरुले करोडको सम्पती उपहार दिने मान्छे खोजी दिएको दृश्य अनौठो लाग्छ ।
चलचित्रमा विभिन्न चरित्रमार्फत कथा भन्न खोज्दा केही अलमल भने पक्कै देखिन्छ । चलचित्रमा सबै चरित्रको पुरापुर व्याख्या पनि गरिएको छैन । थोरै पात्रसँगै चलचित्र सलल बगेको भए झन् सुन्दर हुन्थ्यो । यो सवालमा निर्देशक ज्ञानेन्द्र देउजा चुकेका छन् ।
चलचित्रमा ठाँउ ठाँउमा द्वअर्थी संवाद मिसाएको छ । जसले बेला बेलामा अश्लील भाषा मिसिएको भान हुन्छ । कुकुर र विरालोकोजस्तो झगडा गर्ने अभिनेत्री पुजा र वेनिसाको मध्यान्तरपछिको सम्बन्ध कसरी बदलियो चलचित्रले दर्शकलाई बुझाउन सकेको छैन ।
राम्रो पक्ष
चलचित्रमा अञ्जु पन्त, एलिना चौहान,समिक्षा अधिकारीजस्ता नाम चलेका कलाकारले मिठो स्वर दिएका छन् । अर्जुन पोखरेल र वावुल गिरीले मिठो धुन भरेका छन् । चलचित्रमा ‘वा वा वा’, ‘कहिले बार बर्सन्छु’जस्ता गीतले चलचित्रको जीवन्त बनाउन सहयोग गरेको छ । कविराज गहतराजको कोरियोग्राफीमा खोट लगाउने ठाँउ छैन । मित्रदेव गुरुङको चलचित्रको सम्पादन कला औसत छ । चलचित्रमा सिनेमेट्रोग्राफर बिष्णु घिमिरे कल्पितको सिनेमेट्रोग्राफी राम्रो छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ८ : २३ बजे