२६ फागुन । गायिका एलिना चौहानले पर्वत घटनाको आत्मालोचना गरेकी छिन् ।
सामाजिक सञ्जालमार्फत उनले सो घटनामा तत्कालिन समयमा म आवश्यकताभन्दा बढी प्रतिकारात्मक देखिन पुगेका प्रति आत्मालोचना गरेको उल्येख गरेकी छिन् ।
साउण्ड ईन्जिनियरबाट हुने गरेका सामान्य कमी कमजोरीलाई माईकबाटै राखिदिने स्वाभावलाई आफूले कमजोरीका रुपमा स्वीकार गरेको उनले बताएकी हुन् ।
श्रोता दर्शकको माया नै मेरा लागि अक्सिजन रहेको, सफलता र प्राप्तिले आफ्नो धरातल कहिल्यै नबिर्साको उनले भनाई राखेकी छिन् ।
गत हप्ता पर्वतमा आयोजित एक कार्यक्रममा गायिका चौहान र अडियो टेक्निसियनबीच सवाल जवाफ भएको थियो भने् लगत्तै उनी गाउन छोडेर स्टेजबाट बाहिरिएक थिइन् ।
साउण्ड ईन्जिनियर, रेकर्डिष्ट, छाँयाकार, अडियो÷ भिडियो सम्पादक सबै पर्दा पछाडीका हिरो रहेको स्वीकार गर्दै गायिका चौहानले
पर्वतको साङ्गीतिक कार्यक्रममा प्रस्तुती क्रममा आकस्मिक घटना हुन पुगेको र त्यसो नहुनु पर्ने उनले लेखेकी छिन् ।
आगामी दिनहरुमा आफू त्यस प्रकारको घटनाप्रति चनाखो हुने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
घटना सार्वजनिक भएपछि साउन्ड सिस्टम र स्पिकरलाई दोष दिई साउन्ड इन्जिनियरलाई गालीगलौज गर्ने जस्ता अभद्र व्यवहार गरेको भद्दैन् साउ०ड सिस्टम यावसायीहरुले गरेका गरेका हन् । गायिका एलिना चौहानले अभद्र यावहार गरेका थए ।
प्रतिक्रिया