२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सुन तस्करीमा संलग्न ८ जना भारतीय नागरिक पक्राउ



२७ फागुन । राजश्व अनुसन्धान विभागको टोलीले सुन तस्करीमा संलग्न रहेको आरोपमा ८ जना भारतीयलाई पक्राउ गरेको छ । राजश्व अनुसन्धानले फागुन १८ गते नै उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको थियाे । नेपालमा तस्करी भई आएको सुन भारतका तस्करसम्म पुर्याउने काम उनीहरुले गर्दै आएको बताइएको छ । उनीहरुलाई पक्राउ गरिएको विषयमा राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले पुष्टि गरेका छन् ।

शंकास्पद गतिविधि गरिरहेका केही भारतीय नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको विभागले जनाएको छ । काठमाडौं महानगरपालिका १५ स्वयम्भू बस्ने बर्ष ४४ का अमिरूदिनले भाडामा लिएको र सो घरमा बसेका उनीहरुलाई विभागको टोलीले पक्राउ गरेको विभागले जनाएको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिकहरू दिल्ली पश्चिम बिहार घर भएका बर्ष २३ का धुब्र शर्मा, दिल्ली कृष्ण बिहार घर भएका बर्ष २५ का प्रिन्स शर्मा, दिल्ली पश्चिम घर भएका बर्ष २२ का रोहित कश्यप, दिल्ली रोहिना ११००८५ ब्लक घर भएका वर्ष २३ दिपान्सु शर्मा लगायतका रहेका छन् । विभागले उनीहरूको मोबाइल लगायतका सामग्रीहरू परीक्षणका लागि पठाइएको छ । पक्राउ पर्नेहरू सुन तस्करीमा मुद्दा खेपिरहेका विमल पोद्धारसँग जोडिएको विभागको दाबी छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  २ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।