२७ फागुन । काठमाडौं महानगरपालिका-१६ नयाँबजार डेरा गरी बस्ने सुर्खेत बिरेन्द्रनगर नगरपालिका-२ घर भएका २१ वर्षीय सुरेन मगरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ५ सय ४० मिलिग्रामसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले टोखा नगरपालिका-९ गोंगबु शिवमन्दिरस्थित सडकबाट उनलाई ५ सय ४० मिलिग्राम उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उनको कोठाबाट ५ ग्राम उक्त पदार्थ प्रहरीले बरामद गरेको हो ।
२७ फाल्गुन २०८०, आइतबार
52
Shares
प्रतिक्रिया