१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको चुनदेविमा मोटरसाइकल दुर्घटनामा घिमिरेको मृत्यु



२७ फागुन । भक्तपुरको सूर्यविनायकमा मोटरसाइकल दुर्घटनापछि मोटरसाइकलका यात्रुको मृत्यु भएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा काभ्रेपलान्चोक बनेपा नगरपालिका ७ धनेश्वर बस्ने ४० वर्षीय मणिराज घिमिरेको मृत्यु भएको हो ।
भक्तपुरको सूर्यविनायक नगरपालिका ५ चुनदेबी आकासे पुल नजिकै सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेका उनी बागमती प्रदेश ०२–०३२ प ३३१३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना भएको हो ।
दुर्घटनापछि गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको थियो ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ४ : ४४ बजे