२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री ‘प्रचण्ड’ले फागुन ३० गते विश्वासको मत लिने



काठमाडौँ
२७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही फागुन ३० गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालको सचिवालयले उक्त दिन विश्वासको मत लिने व्यवस्थाका लागि सङ्घीय संसद् सचिवालयलाई आज पत्र पठाएको छ ।
प्रधानमन्त्रीबाट विश्वासको मत लिनेसम्बन्धी पत्र प्राप्त भएको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । उक्त पत्रका सम्बन्धमा संसद्का महासचिव पदमप्रसाद पाण्डेयले सभामुख घिमिरेलाई जानकारी गराएका छन् ।
सभामुख घिमिरेले विश्वासको मत लिनेसम्बन्धी व्यवस्थाका लािग फागुन २९ गते कार्यव्यवस्था परामर्श बैठक बोलाएको उनले जानकारी दिए । उक्त बैठकले सो सम्बन्धमा कार्यसूची तय गर्नेछ । सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले संसद्बाट विश्वासको मत लिन लाग्नुभएको हो । नयाँ सत्ता गठबन्धनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी आबद्ध छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ६ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।