२५ माघ २०८२, शनिबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गण्डकी, मधेश र सुदूरपश्चिमका प्रदेश प्रमुख हटाएर नयाँ नियुक्त गर्न सरकारको सिफारिस



२८ फागुन । गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख हटाएर नयाँ नियुक्त गर्न सरकारले सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमवार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख फेरबदल गरेको छ ।
हालका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्त गर्न सिफारिस गरिएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । मधेश प्रदेशमा हरिशंकर मिश्र, गण्डकीमा पृथ्वीमान गुरुङ र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुख छन् ।

सरकारले नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सिफारिसअनुसार मधेश प्रदेशमा सुमित्रा भण्डारी र गण्डकीमा डिल्लीराज भट्ट प्रदेश प्रमुख हुनेछन् ।

सुदूरपश्चिम प्रदेशमा नजिर मियाँलाई प्रदेश प्रमुख बनाउन सिफारिस गरिएको छ । कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखलाई कायमै राखिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ३ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।