५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


काठमाडौं महानगरका मेयर बालेनले चलचित्र ‘अगस्त्य’ हेरेपछि गरे तारिफ



काठमाडौं
२९ फागुन । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आफ्नो टिम सहित चलचित्र ‘अगस्त्य’ हेरेपछि तारिफ गरेका छन् ।
सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको चलचित्र हेरेपछि मेयर बालेनले निर्देशको चोधरीको सोच, कलाकारहरुले गरेको मेहेनत र छायांकन पक्षको प्रशंसा गर्दै राम्रो लागेको प्रतिक्रिया दिए ।
डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा, बेन बस्नेत, शिशिर वाङ्गदेल, सिम्रन खड्का, प्रकाश दाहाल, गजेन्द्र त्रिपाठी लगायतको अभिनय छ ।
दर्शकबाट पाएको उत्सपूर्वक प्रतिक्रियासँगै व्यापार राम्रो भएको दाबी गर्दै निर्माण पक्षले ’अगस्त्य च्याप्टर २’ निर्माणको घोषणा गरेको छ । जसलाई सन् २०२६ भित्र सार्वजनिक प्रदर्शन गर्ने बताइएको छ ।
चलचित्र प्रर्दशनको दोस्रो सातामा प्रवेश गरेको छ ।
चलचित्र अगस्त्य दोस्रो सातामा कम शोहरु पाएको भएपनि दर्शकको चाप भने नघटेको दर्शकको अकुपेन्सी सुखद रहेको निर्माण पक्षको भनाई छ ।
फगुनको १८ गतेबाट प्रदर्शनमा आएको एक्सन–थ्रीलर फिल्म ‘अगस्त्य’को दिवा र रात्रि शोजमा दर्शकको चाप उच्च रहेको छ ।

 

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  २ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।