२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुर ताथलीमा माटोको ढिस्कोले पुरिएर एक किशोरको मृत्यु



२९ फागुन । भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं-९ ताथलीमा जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको छ।
मंगलबार ताथलीस्थित ईको भ्याली रिसोट नजिकै रहेको खाली जग्गामा वाल लगाउनको लागि जग खन्ने क्रममा मकवानपुर भीमफेदी गाउँपालिका वडा नं-६ उर्लाबारी घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं-९ हलाल गाउँ बस्ने वर्ष १६ को जसन स्याङतानको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते स्याङतानलाई उपचारका लागि ख्वप अस्पताल च्यामासिंह लगिएकोमा उपचारकै क्रममा उनकाे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  २ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।