११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंको तारे भिरमा हत्या गरेर गाडेको अवस्थामा किशोरीको शव फेला



३० फागुन । काठमाडौँ तारे भिरमा हत्या गरेर पुरेको अवस्थामा किशोरीको शव भेटिएको छ । १२ कक्षामा अध्ययनरत १८ वर्षीय सुस्मा लामाको शव तारेभिर क्षेत्रको जंगलबाट उत्खनन् गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाकाे छ ।
फागुन २५ मा शव उत्खनन् गरेर उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले घटनाबारे अनुसन्धान गरिरहेको छन् । मृतक लामा कक्षा १२ मा पढ्थिन् । हात बाँधेर गाडेको अवस्थामा शव उत्खनन् गरिएको छ ।

घरबाट माघ २२ मा ‘क्याम्पस जान्छु’ भनेर हिँडेकी उनी नफर्केपछि परिवारले प्रहरीमा निवेदन दिएका थिए । फागुन २५ मा गोकर्णेश्वर नगरपालिका–३ स्थित तारे भिरबाट शव उत्खनन् गरिएको हाे ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ३ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।