१ चैत । उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी चुहारको भिरबाट बोलेरो जिप खस्दा आठजनाको मृत्यु भएको छ भने अन्य नौजना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार को १ ज २५९३ नम्बरको जिप बिहीबार ११ बजेतिर दुर्घटनामा पर्दा घटनास्थलमै सात र उपचारको क्रममा एकको मृत्यु भएको हो।
थापाका अनुसार धरानबाट घोडेटार भोजपुरतर्फ जाँदै गरेका जिप सडकबाट दुई सय मिटर तल झरी दुर्घटना भएको थियो। मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका–१६ का ४२ वर्षीय मानबहादुर बस्नेत, भोजपुर हतुवागढी गाउँपालिका–२ का ७० वर्षीया की पर्वतमाया राई, सोही स्थानका २३ वर्षीय चन्द्रप्रकाश राई र उनका ६ महिने छोरा डिसाङ राई, भोजपुर हतुवागढी गाउँपालिका–९ का ६८ वर्षीय पदमबहादुर थापा, भोजपुर हतुवागढी गाउँपालिका–५ की ३० वर्षीया रामकुमारी राई, सुनसरी इटहरी बस्ने ४५ वर्षीय कमल अधिकारी र भोजपुर हतुवागढी गाउँपालिका–५ का ४२ वर्षीय किसान राई छन्। मृतक किसानको मृत्यु उपचारको क्रममा भएको थियो।
जिपमा सवार १७ जना रहेको जानकारी दिँदै घाइते ९ जनालाई उपचारको लागि अस्पताल पठाइएको प्रहरीले जनाएृकाे छ ।
प्रतिक्रिया