काठमाडौं
२ चैत्र । चलचित्र ‘उपहार’ दोश्रो र चलचित्र ‘अगस्त्य च्याप्टर १’ तेस्रो सातासम्म निरन्तर प्रर्दशन हुन सफल भएकोे छ ।
गत माघ १८ गतेबाट देशभरका चलचित्र भवनहरुमा प्रर्दशन भइरहेको चलचित्र अगस्त्य च्याप्टर १’ दोश्रो हप्ताको शोलाई यथावत् राख्दै तेस्रो सातामा प्रवेश गरेका निर्माण पक्षले जानकारी दिएको छ ।
निर्माण पक्षका अनुसार यस चलचित्रले दोस्रो सातामा कम शोहरु भए पनि तेस्रो सातामा दर्शकको घटेको छैन । फिल्मले पाएको शोजमा दर्शकको अकुपेन्सी सुखद रहेको छ ।
फागुनको १८ गतेबाट प्रदर्शनमा आएको एक्सन–थ्रीलर फिल्म ‘अगस्त्य’को उच्च ‘वर्ड अफ माउथ’ले व्यापार पनि राम्रो गरिरहेको निर्माण पक्षको दाबी छ ।
गत साता प्रर्दशन सुरु भएको चलचित्र ‘उपहार’ पनि दोस्रो सातामा प्रवेश गरेको छ । दोस्रो सातामा पनि चलचित्रले राम्रो शो सङ्ख्या पाएको निर्माण पक्षको भनाई छ ।
चलचित्रले नेपालसँगै अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, क्यानडा लगायतका अन्य देशहरुमा समेत हाउसफुलको निरन्तरता पाइरहेको बताइएको छ ।
सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको ‘अगस्त्य’लाई समीक्षकबाट कमजोर समीक्षा गरेका थिए ।
डार्क हरिस इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा, बेन बस्नेत, शिशिर वाङ्गदेल, सिम्रन खड्का, प्रकाश दाहाल, गजेन्द्र त्रिपाठी लगायतको अभिनय छ ।
दर्शकबाट पाएको उत्सपूर्वक प्रतिक्रिया र व्यापार राम्रो भएपछि निर्माण पक्ष ’च्याप्टर २’ सिक्वेल निर्माणको तयारीमा लागेको छ । जसलाई सन् २०२६ भित्र सार्वजनिक प्रदर्शन गर्ने जनाइएको छ ।
चलचित्र उपहार भने ज्ञानेन्द्र देउजाले निर्देशन गरेको यो चलचित्र अभिनेत्री रेखा थापाले निर्माण गरेकी हुन् । यसमा रेखाको प्रमुख भूमिका छ । साथमा, पुजा शर्मा, मुकुन भुसाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, अंशु महर्जन, विनोद पौडेल, आशा भुसाल, शोभारस घिमिरे, मञ्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको अभिनय छ ।
बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायाङ्कन रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन छ । फिल्ममा अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ ।
अर्जुन पोखरेल र बाबुल गिरीको सङ्गीत,सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद छ ।
प्रतिक्रिया