२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आजको मौसम : आंशिक बदली रहने



काठमाडौँ
३ चैत । देशको पहाडी भू–भागमा आज  मौसम आंशिक बदली रहने छ । अन्य भू–भागमा भने मौसम सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा छ ।
आज दिउँसो र राति उच्च पहाडी तथा हिमाली भू–भागका केही  स्थानमा हल्का हिमपातको सम्भावना छ । राति देशभर आंशिक बदली रही मौसम मुख्यतया सफा रहने छ ।
महाशाखाका अनुसार आइतबार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही भू–भागमा हिमपातको सम्भावना छ । सोमबार पनि केही ठाउँमा हिमपातको सम्भावना छ । मुलुकमा हाल पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको मिश्रित आंशिक प्रभाव छ ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  २ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।