१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पोखरालाई पर्यटकीय राजधानी घोषणा



४ चैत्र। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका छन्।

फेवाताल छेउको बाराहीघाटमा आज आयोजित समारोहमा प्रधानमन्त्री दाहालले सोको घोषणा गरेका हुन्। त्यसअघि प्रधानमन्त्रीले रिमोटबाट पर्यटन राजधानीको लोगो सार्वजनिक गरी स्मृति स्तम्भ अनावरण गरेका थिए।

यसअङि पनि पर्यटकीय सहर पोखरालाई पर्यटकीय राजधानी भन्ने गरे पनि त्यसले आजदेखि औपचारिता पाएकाे हाे।

गण्डकी प्रदेश सरकारले विभिन्न २० वटा इन्डिकेटरलाई मापदण्ड बनाएर फागुन २३ गते नै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ९ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।