११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


समयमै ऋण चुक्ता गर्न सहकारीका ऋणीहरूलाई काठमाडौं महानगरको अपिल



५ चैत । काठमाडौँ महानगरपालिकाले सहरकारीबाट लिएर चुक्ता गर्न बाँकी रहेका ऋणीहरूलाई समयमै ऋण चुक्ता गर्न आग्रह गरेको छ ।

महानगरपालिकाको सहकारी विभागले सार्वजनिक सूचना जारी गर्दै सहकारीबाट लिएको साँवा र ब्याज समयमै नतिर्ने सदस्यलाई कानुनी कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

पछिल्लो समय ऋण नतिरे मिनाहा हुने भन्ने अफवाहका भरमा ऋणीहरूले ऋण नतिर्दा कारोबार प्रभावित हुने अवस्था बनेको भन्दै विभागले ऋणीहरूले समयमै रकम चुक्ता नगर्दा बचतकर्ताको बचत फिर्ता गर्न नसक्ने अवस्था भएकोप्रति समेत ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ५ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।