१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रुकुमबाट काठमाडौं आउँदै गरेको बस बागलुङमा दुर्घटना, ७ जनाको मृत्यु



५ चैत । बागलुङको निसीखोलामा यात्रु बहाक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। रुकुम पूर्वबाट काठमाडौं आउँदै गरेको बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
सो दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ। ३२ जना यात्रु रहेको बस सडकबाट ३ सय मिटर तल खसेको थियो। घाइतेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  २ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।