ललितखबर
७ चैत्र । अभिनेता विपिन कार्की, हरिवंश आचार्य अभिनेत्री बर्षा राउतलगायत कलाकारहरुले अभिनय गरेको चलचित्र ‘महाजात्रा’को प्रिमियरमा कलाकार, पत्रकार र शुभेच्छुकहरुका भीड लागेको छ ।
राजधानीको सुन्धारास्थित एक चलचित्र भवनमा मंगलबार साँझ आयोजित चलचित्रको प्रिमियरमा सिट नपुगेपछि चलचित्र हेर्नेहरु सिडीमा बसेर हेर्नेहरुको भीड थियो ।
चलचित्रका कार्यकारी निर्माता रविन्द्रसिंह बाँनियाले आफूहरुले अपेक्षा गरेभन्दा धेरै पाहुना आएपछि सिट नपुगेको बताए । उनले भने, ‘धेरै मित्रहरुले फोन गरेर साथी पनि ल्याउछु भन्नुभयो मैले सिट चाही पुग्दैन होला । सिडीमा बसेर हेरौंला नि भनेको थिए त्यस्तै भयो ।’
चलचित्र हेर्न नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरुको भीड थियो । कलाकारहरु मदनकृष्ण श्रेष्ठ, ऋचा शर्मा,सन्तोष पन्त,दिपाश्री निरौला,निशा अधिकारी, सुशील श्रेष्ठलगायत चलचित्रको प्रिमियरमा उपस्थित थिए ।
चलचित्रकी अभिनेत्री बर्षा राउत, श्रीमान् संञ्जोग कोइरालासँग प्रिमियरमा पुगेकी थिइन् । मदनकृष्ण श्रेष्ठ छोरा यमन श्रेष्ठसँग चलचित्रको प्रिमियरमा पुगेका थिए । अभिनेत्री निशा अधिकारी र ऋचा शर्मासँग संगै चलचित्र भवनमा देखिएका थिए ।
कलकारहरु विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, दिव्य देव, राजाराम पौडेल, शिशिर वाङ्देल लगायत प्रिमियरमा सहभागी भएका थिए ।
चलचित्र हेरेपछि कलाकारहरुले चलचित्रको प्रशंसा गरेका थिए ।
७ चैत्र २०८०, बुधबार
126
Shares
प्रतिक्रिया