२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपाल विश्वकै आठौं प्रदुषित शहर



७ चैत । सन् २०२३ मा सर्वाधिक वायू प्रदूषण रहेका देशहरुको सूचीमा नेपाल आठौं स्थानमा परेको छ । वायूको गुणस्तर मापनसम्बन्धी संस्था आईक्यू एयरले मंगलबार जारी गरेको विश्व वायू गुणस्तर प्रतिवेदन २०२३ का अनुसार सन् २०२३मा नेपाल सर्वाधिक वायू प्रदुषण हुने देशको शीर्ष सूचीमा परेको हो ।

प्रतिवेदनका अनुसार सर्वाधिक वायू प्रदुषण हुने देशहरुमध्ये दक्षिण एशियाली मुलुक बंगलादेश,पाकिस्तान र भारत क्रमशः पहिलो, दोश्रो र तेश्रो स्थानमा छन् । यसैगरी बुर्किना फासो, इराक र संयुक्त अरब इमिरेट्स क्रमशः पाँचौं, छैटौं र सातौं स्थानमा छन् ।
शीर्ष १०० प्रदुशित शहरमध्ये भारतका मात्रै ८३
प्रतिवेदनका अनुसार विश्वका सर्वाधिक प्रदुषित शहरहरुमध्ये १०० वटा शहर एशियाली मुलुक भित्रका ठूला शहरहरु हुन् । तीमध्ये पनि ८३ वटा शहर भारतीय शहरहरु छन्। यी शहरहरुको वायू प्रदुषणको मात्रा विश्व स्वास्थ्य संगठनले तोकेको भन्दा कैयौं गुणा बढी छ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ५ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।