२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बाँसबारी जग्गा हिनामिना प्रकरण : विनोद चौधरीसँग बयान



काठमाडौँ
८ चैत । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) बयान लिएको छ ।
सरकारी जग्गा हिनामिना गरेको आशङ्कामा सिआइबीले चौधरीमाथि अनुसन्धान थालेको  संसद् सचिवालयमार्फत सभामुख देवराज घिमिरेलाई जानकारी गराएसँगै आज बयान लिएको हो ।
जिल्ला सरकारी वकील कार्यालयमा चौधरीसँग बयान लिन लिइएको सिआइबीका प्रमुख श्यामलाल ज्ञवालीले  जानकारी दिएका छन् ।
प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले उनी भाग्ने र प्रमाण नष्ट गर्ने अवस्था नरहेकाले उनलाई पक्राउ नगरी सिधै बयान लिइएको जानकारी दिए ।
 बयानपछि चौधरीले सञ्चारकर्मी तथा पत्रकारहरुसँग प्रतिकृया दिदै देशभर हजारौं रोपनी जग्गामा निजी औधोगिक क्षेत्र सञ्चालन गरिरहेको चौधरी ग्रुपलेले १० रोपनी हिनामिना नगरेको बताएका छन्
नगर्ने बताएका छन् ।
 उनले  आफू नवलपरासी पश्चिमबाट जननिर्वाचित सासंद रहेको र उद्यम र राजनीतिलाई नजोडेको बताए ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  ५ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।