२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


समाजवादी मोर्चामा नेकपा एमालेलाई पनि मिसाउने तयारी



 

९ चैत्र । नेकपा माओवादी केन्द्रसहितको चार दलीय समाजवादी मोर्चामा एमालेलाई पनि समेटेर अघि बढ्ने विषयमा छलफल भएको छ ।
सत्ता गठबन्धनमा एमालेको प्रवेश भएसँगै सो पार्टीलाई पनि समाजवादी मोर्चामा समेट्न पहल भएको हो ।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले एमालेका शीर्ष नेताहरूसँग आवश्यक छलफल गरी आगामी कार्यक्रमबारे टुङ्गोमा पुग्ने निर्णय भएको हो।

अब एमालेसहितको मोर्चा बनाउन चार दलले पहल गर्ने भएका छन् । त्यसका लागि प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेका अध्यक्ष केपी ओलीसँग थप छलफल गर्ने बैठक ले निर्णय गरेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ६ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।