२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न नयाँ आयोग गठन



९ चैत । सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न नयाँ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले मिटरब्याज अपराध नियन्त्रणका लागि तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो ।

आयोगको सदस्यमा पुष्कर कार्की र सञ्जीव मिश्र रहेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । यसअघि सरकारले गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो ।

गएको फागुन २८ गते सरकार र मिटरब्याज पीडितबिच चार बुँदे सहमति भएको थियो । सहमतिमा तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी जाँचबुझ आयोग गठन गर्ने उल्लेख थियो । सहमतिसँगै माघ १६ गतेदेखिको काठमाडौं केन्द्रित आन्दोलन स्थगित भएको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  १ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।