२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज राति यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना



९ चैत । पश्चिमी न्यून चापीय प्रणाली र भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावले केही दिनदेखि नेपालमा मौसम बदली, वर्षा र हिमपात हुने क्रम जारी छ।
यस क्रममा आज राति पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका बाँकी पहाडी भेगमा मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी अन्य स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

साथै राति कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा देशका बाँकी पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भने मध्यम वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखका अनुसार आज राति कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ।
मौसम महाशाखाले शुक्रबार (आज) साँझ ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ– कोसी प्रदेशका केही स्थान, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना छ। कोसी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  २ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।