१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गृहमन्त्री रवि लामिछाने भन्छन्,‘प्रधानमन्त्रीको यस्तै सहयोग रहे धेरै काम हुन्छ’



काठमाडौँ
१० चैत । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको जस्तै सहयोग दिएमा धेरै काम हुने बताएका छन् ।
काठमाडौँमा आज आयोजित वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री दाहालको कार्यकालमा आफूले विधि जोगाउने सहमति गरेको दाबी समेत गरे । उनले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई स्वास्थ्य अवस्थाका कारण हाजिर जमानतमा छाडिएकाले त्यसमा शङ्का गर्न नहुने बताए । उनले महरामाथि अनुसन्धान भइरहेको समेत जानकारी दिए ।

कांग्रेसले आफ्नो राजीनामा र संसदीय समिति बनाउन माग गरिरहेको सन्दर्भमा उनले सदनमा जवाफ दिन पाए राम्रो हुने बताए । सहकारीका ठगीका विषयमा प्रतिवादी नभएको मान्छे कसरी दोषी भयो भन्दै उनले जिवी राई जहाँ भए पनि समातिने प्रतिबद्धता दोहोर्याए । उनले सहकारीपीडितको बचत ब्याजसहित फिर्ता गराउने पनि बताए ।

थोरै दिन सरकारमा बसेर गरिने कामका आधारमा इलाम २ को उपनिर्वाचन आफ्नो पार्टीले जित्ने दाबी गर्दै गृहमन्त्री लामिछानेले सरकारमा बसेर अनैतिक काम नगर्ने पनि बताए ।
भ्रष्टाचारको सन्दर्भ उप्काउँदै उनले भने, “कतिपय माछा चिप्ला हुन्छन्, बाठा हुन्छन् । तिनीहरू फुत्किन खोज्छन् तर, तिनलाई होसियारीपूर्वक समाइन्छ ।”

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ३ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।