११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘महाजात्रा’ उत्कृष्ट होइन, झुर पनि होइन, जात्रा सिक्वेलको कमजोर चलचित्र



ललितखबर
११ चैत्र । शुक्रबार देशभर चलचित्र ‘महाजात्रा’ प्रर्दशन भइरहँदा चारैतिर प्रशंसा सुनिएको छ । चलचित्र महाजात्रा राम्रो हुँदा हुँदै पनि समिक्षकको नजरमा गल्ती नै छैनन भन्ने होइन ।
चलचित्र ‘महाजात्रा’ जात्रा श्रृखलाको सिक्वेल हो । यस चलचित्र अरु चलचित्रसँग प्रतिश्पर्धा पक्कै छैन । तर चलचित्रलाई ‘जात्रा’को चश्माबाट हेर्दा चलचित्र कमजोर छ । यसका कारणबारे थप व्याख्या गरौं ।
चलचित्र ‘जात्रा’मा कथा साधारण थियो । थोरै पात्र थिए । हरेक पात्रको चरित्र प्रष्ट रुपमा चल्कन्थ्यो । तर महाजात्रामा धेरै कलाकार र लामो कथा छ । दुवै चलचित्र पैसाको कथाबाट सुरु हुन्छ । फरक थोरै पैसा अनि धेरै पैसा मात्रै हो ।
कमजोर
चलचित्र तुलनात्मक रुपमा लामो छ । २ घण्टा ३० मिनेटको चलचित्रको मध्यान्तर आउँदा चलचित्र सकिएको हो की भन्ने दर्शकलाई भ्रम पर्छ । मध्यान्तरको सनसनीपूर्ण दृश्य चलचित्रको अन्त्य झैं लाग्नु स्वभाविक पनि हो । यद्यपी चलचित्रले दर्शकलाई बाँधेर राख्ने क्षमता भने राख्छ ।
मध्यान्तरअघि चलचित्रका पात्रले दर्शक मनग्गे हँसााउछ । तर मध्यान्तरपछि चलचित्र तुलनात्मक रुपमा कमजोर छ ।
चलचित्रलाई निर्देशक भट्राईले नाटकीय रुपमा अन्त्य गरेका छन् । लेखक प्रदिप भट्टराईले चलचित्रको कथा र पटकथाको सुरुआत दमदार बनाएका छन् तर चलचित्र अन्त्य तार्किक निश्कर्षमा पु¥याएका छैनन । चलचित्र हेर्ने दर्शकले चलचित्रको अन्त्य चित्तै बुझाउदैनन् । मन कटक्क खान्छ । झुटको खेती गर्न पल्केका नेताहरुको नाटकीय हार र हिरोहरुको जीत कसरी हुनुपथ्र्यो भनेर दर्शकको मनमा अनेकौ तर्क वितर्क गर्ने ठाँउ निर्देशक भट्टराईले छोडिदिएका छन् । चलचित्रको सिक्वेल बनाउन कौतुहलताका लागि कमजोर(झुर) अन्त्य गरिएको आशंका गर्न सकिन्छ ।
चलचित्रमा लामो कथा छ । पात्र पनि धेरै छन् । लामो कथामा धेरै पात्रको कथा व्यथा देखाउन निर्देशक भट्टराईलाई हम्मेहम्मे परेको छ । त्यसैले चलचित्रमा पृष्टभूमि व्याख्या गरिएको छैन ।
गाडीभरि करोडौं रुपयाँको नोटले कहाँबाट आयो ? कसरी आयो ? भन्नेबारे चलचित्रमा केही देखाइएको छैन । चलचित्रको बीचमा अबैध पैसा भनिएको छ । तर दर्शक त्यो पैसाबारे अन्योल नै रहन्छन् । पैसाको कथा हेर्ने दर्शक पैसाबारे नै रनभुल्ल हुन्छन् । नोटबन्दी यस्तै तानाबाना बुनेर चलचित्रलाई झ्न् रोचक बनाउन सकिन्थ्यो । पैसा आयो तर कहाँ गयो पत्तो हुन्न ।
चलचित्रको फाइटका दृश्य खिच्ने क्रममा सिनेमेट्रोग्राफर पुरुषोत्तम प्रधानले ठाँउ ठाँउमा क्यामेरा हल्लाएका छन् ।
सबल पक्ष
चलचित्रको विषयबस्तु नै लेखक तथा निर्देशक प्रदिप भट्टराईले रुचिकर छनौट गरेका छन् । पैसा सुन सबैको चासो र रुचिकर विषयबस्तु रहेको पत्तो पाएका निर्देशक भट्टराईले पैसाको लुछाचुडीलाई चलचित्रमा रोचक ढंगबाट प्रस्तुत गरेका छन् । चलचित्रले धेरै ठाँउमा हँसाउछ । ठाँउ ठाँउमा मन कटक्कै खाने गरी रुवारुछ ।
चलचित्र महाजात्राका निर्देशकले नेपाली समाजलाई यतार्थ ढंगले व्याख्या गर्ने प्रयास गरेका छन् । बेरोजगारी, भष्ट्राचारलाई उनले मलिन ढंगबाट उठाएका छन् ।
चलचित्रको अर्को राम्रो पक्ष पटकथा र संवाद हो । ‘हामी गरिवलाई आफ्नै श्रीमतीलाई पनि पत्याउदैन । धनीलाई त अरुको श्रीमतीले पनि पत्याउछ’, ‘कसैले जागिर दिन बोलायो भने साहुको पहिले इन्टरभ्यू लिन्छु’ र ‘कि त ज्वाई नभनिस्यो कि तँ नभनिस्यो’जस्ता संवादले दर्शकलाई चलचित्रप्रति थप रुचि बढाउछ ।
चलचित्रको कथा, पटकथा र संवादमा लामो समय मेहनत गरेको बुझ्न सकिन्छ । चलचित्रको टिमले विषयबस्तुको खोज अनुसन्धानसँगै दर्शकको मनोभावलाई मसिनो रुपमा बुझेर चलचित्र निर्माण गरेको छनक चलचित्रले दिएको छ । चलचित्रले मनोरञ्जनसँग नेपाली समाजलाई सन्देश दिन सफल छ ।

हरिबंश आचार्य
नेपाल कला क्षेत्रमा हास्य सम्राटको स्थानमा आफूलाई उभ्याएर अव्वल प्रमाणित गरिसकेका अभिनेता हरिबंश आचार्यले चलचित्रको खल पात्रमा उतारेर आफूभित्र रहेको अब्बल प्रमाणित गर्ने कोशिस गरेका छन् ।
पुण्यप्रसाद उपाध्यायको चरित्रमा उनले गरेको तिक्डम र जालसाँजीपूर्ण अभिनय नेपाली राजनीतिक दलका भष्ट नेताको भन्दा कम छैन । तर हास्यकलाकार आचार्यले नयाँ चरित्र निर्माण र अभिनय क्षमता प्रस्तुत गर्न भने कञ्ज्युस्याई गरेका हुन् कि भन्ने शंका लाग्छ । हास्य कलाकार आचार्यले चलचित्रमा हसाउन भन्दा पनि पात्रहरुलाई रुवाउन समय खर्चेका छन् ।

विपिन कार्की
चलचित्रमा विपिन कार्कीले फडिन्द्र तिमल्सिनाको चरित्र अघिल्ला श्रृखला जात्रा र जात्रैजात्रामा प्रमाणित गरेकै हुन् । उनले यो चलचित्रमा थप चरित्र माझिएको हेर्न दर्शक आतुर थिए । तर उनले थप केही नयाँ काम गरेका छैनन् । चलचित्रमा विपिनले पुरानो चरित्रलाई निरन्तरता दिएका छन् ।
यद्यपी ठाँउ ठाँउमा विपिनले बोलेका दृश्यले दर्शकलाई हँसाउछ । रुवारुछ । आफ्नी श्रप्मतीको प्रशंसा गरेर नथाक्ने सोझा श्रीमान्लाई समाजले कसरी प्रयोग गर्छ भन्ने देखाउन विपिनले मेहनत भने पक्कै गरेका छन् । समाजमा यत्रतत्र देखिने फडिन्द्र तिमल्सिनाजस्ता पात्रको चरित्रलाई टपक्क टिपेर चलचित्रमा देखाउन विपिनले गरेको कलात्मक योगदानको तुलना चलचित्रको अन्य पात्रसँग हुन सक्दैन ।
बर्षा राउत
चलचित्रका पात्र फडिन्द्र तिमल्सिनाले सम्पू भनेर बोलाउने पात्र बर्षा राउत कामकाजी महिलाको रुपमा चलचित्रमा आएकी छिन् । बेरोजगार श्रीमान्हरु कामकाजी महिलाले पिडित बनाउछन् भन्ने देखाउन बर्षाले मेहनत गरेकी छिन् । धेरै पात्रहरुबीच रुमल्लिएको चलचित्रमा तुलनात्मक रुपमा बर्षाले थोरै सिनमा मात्रै अनुहार देखाउन पाएकी छिन् । त्यसैले बर्षाको भूमिका अधिल्लो चलचित्रमा जस्तो सशक्त भने देखिन्न ।

रविन्द्रसिंह बानियाँ
चलचित्रको हिरोको भोकले भौतारिरहेको च्लचित्रका जोयस नामले चिनिने रविन्द्रसिंह बानियाँले पैसा ओर्सान गरेको गरेको संर्घष चलचित्रमा हेर्न लायक छ । चलचित्रमा जोयस पात्र चलचित्रको रंगीन दुनियामा रमाउन गरेको संर्घष यतार्थपरक लाग्छ ।
रविन्द्र झा
जात्रा सिक्वेलका शसक्त कलाकार रविन्द्र झाको अभिनय चलचित्र महाजात्रामा झन् माझिएको देख्न पाइन्छ । नाई(कपाल काट्ने पेशा) मुन्नाभाईको भूमिकामा देखिने उनी पैसाको भरिया हुँदा कसरी रनभूल्लमा परेका छन् भन्ने इमानदार अभिनयमार्फत चलचित्रको पर्दामा देखिएका छन् । मधेशी लवजमा उनको सोझोपन र छट्टु दिमागको समिश्रणले चलचित्रलाई स्वादिलो बनाउन झन् सहयोग गरेको छ ।
राजाराम पौडेल
हास्यविधामा लामो समय काम गरेका कलाकार राजाराम पौडेलले चलचित्रमाहसाएका छन् । चलचित्रमा चरित्र निर्माणमा पौडेलले खासै मेहनत गरेका छैनन् । चलचित्र जात्रैजात्रा भन्दा केही नयाँ स्वरुपमा उनलाई उतारे पनि अभिनय शैली र आउभाउ दुरुस्तै छ ।

दिव्यदेव
चलचित्रमा इन्सपेक्टर एकदेव खत्रीको भूमिका रहेका अभिनेता दिव्यदेव चलचित्रका वास्तविक हिरो लाग्छन् । उनले निभाएको सहासिक भूमिका चलचित्रको सुन्दर पक्षको रुपमा रहेको छ । इमानदार प्रहरी कसरी राजनीतिको सिकार हुन्छ भन्ने सन्देश चलचित्रमा उनको पात्र मार्फत सटिक ढंगले दिएका छन् । रंगमञ्चमा खारिएर पर्दामा उदाएका दिव्यदेवको अभिनय क्षमता राम्रो देखाउदै सम्भावनाको ढोका खोलेका छन् ।
गौमाया गुरुङ
थोरै महिला पात्र रहेको चलचित्र महाजात्रामा गौमाया गुरुङ अर्की राम्रो सम्भावना बोकेकी कलाकारको रुपमा चलचित्रमा देखिएकी छिन् । उनले बोल्ने केही संवादले दर्शकको आँखामा आशु छछल्किन्छ ।
अन्त्यमा
चलचित्रको व्यापार आफ्नो ठाँउमा छ । राम्रा चलचित्र बजारमा नचल्न पनि सक्छ । तुलनात्मक रुपमा राम्रो चलचित्रले राम्रो व्यावसाय पनि गरिरहेको पाइन्छ । हामीले समग्र पक्षलाई समेट्दै यो टिप्पणी लेखेका हौं ।
हामीले यो चलचित्रलाई १० मा ८ स्टार दिएका छौं ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ४ : ४१ बजे