ललितखबर
११ चैत्र । राजधानीमा आइतबार होली पर्वको मौका छोपेर चलचित्र महाजात्रा र बोक्सीको घर टिम चलचित्र प्रचारमा निस्केको छ ।
चलचित्र महाजात्राले दरवारमार्गस्थित द अर्बिटरी गुरुपले आयोजना गरेको ‘होली पुन्ही’ कार्यक्रमको स्टेजमा पुगेर होली मनाउदै चलचित्रको प्रचार गरेको छ ।
चलचित्रको प्रचारमा निर्देशक प्रदिप भट्टराई, कलाकार तथा रविन्द्र सिंह वानियालगायत सहभागी थिए । चलचित्रको टिमले सहभागीसँग तस्विर खिचाउनुका साथै हात मिलाएर शुभकामना साटासाट गरिरहेका देखिन्थे ।
राजधानकिो होटल मल्लमा अभिनेत्री केकी अधिकारीले निर्माण तथा अभिनय गरेको चलचित्र बोक्सीको घरको प्रचार गरिन् । कार्यक्रमको स्टेज प्रयोग गरेर उनले चलचित्रको फस्र्ट लुक्स समेत सार्वजनिक गरेकी छिन् । कार्यक्रममा अभिनेत्री अधिकारी र निर्देशक सुलक्षण भारती सहभागी थिए । निर्देशक भारतीले होलिको उल्साहससँगै चलचित्रको प्रचार प्रभावकारी हुने देखेर होली खेल्दै कार्यक्रम आयोजना गरिएको बताए ।
फसर््ट लुक्स कार्यक्रमसँगै कलाकार र सञ्चारकर्मी पत्रकारले होली खेलेर रमाइलो गरेका थिए ।
११ चैत्र २०८०, आइतबार
30
Shares
प्रतिक्रिया