११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘बोक्सीको घर’को पोस्टर सार्वजनिक



काठमाडौं
११ चैत्र । आउँदो वैशाख १४ गतेबाट प्रर्दशन हुने चलचित्र ‘बोक्सीको घर’को पोस्टर ‘बोक्सी लुक्स’ सार्वजनिक गरिएको छ ।
आइतबार राजधानीको एक होटलमा आयोजित होली कार्यक्रमकोबीच चलचित्रको पात्र रहेकी अभिनेत्री केकी अधिकारीको ‘बोक्सी लुक्स’ सार्वजनिक गरे ।
उक्त लुक्सलाई चललचकी प्रस्तुतकर्ता तथा अभिनेत्री केकी अधिकारी र पूर्वमिस नेपाल तथा अभिनेत्री माल्भिका सुब्बाले सार्वजनिक गरे । ‘बोक्सी लुक्स’ मा केकीलाई फरक गेटअपमा प्रस्तुत गरिएको छ ।
प्रस्तुतकर्ता तथा अभिनेत्री केकीले यसअघि सार्वजनिक टिजर र गीतमा नदेखाइएको ‘बोक्सी लुक्स’लाई फागु पूर्णिमाको अवसर पारेर सार्वजनिक गरिएको बताइन् । ‘टिजर र गीतमा सस्पेन्सका रुपमा राखिएको बोक्सी लुक्सलाई प्रचार प्रसारको प्रमुख माध्यम बनाउन सार्वजनिक गरेका हौं’, उनले भनिन् । फिल्मको टिजर र सार्वजनिक गीत ‘जिन्दगीको कथा, यता न उता’ले राम्रै चर्चा पाइरहेको छ । कार्यक्रममा उनले आफूले समेत पहिलो पटक सो पोस्टर हेर्न पाएको प्रतिकृया दिएकी थिइन् ।
लेखक तथा निर्देशक सुलक्षण भारतीले जल्दोबल्दो सामाजिक विषयवस्तुमा फिल्म बनाइएकाले नेपाली दर्शकले फरक स्वाद पाउने दाबी गरे ।
फिल्म आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि रहेर बद्री अधिकारीले चलचित्र निर्माण गरेका हुन् । बद्री अभिनेत्री केकीका पिता हुन् ।
केकी अधिकारी फिल्मको प्रस्तुतीमा निर्माण भएको चलचित्रमा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ । अभिनेत्री तथा निर्मात्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको चलचित्रले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने बताइन् ।
महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर चलचित्र निर्माण गरिएको उनको भनाई छ । चलचित्र नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन गर्नुका साथै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने योजनामा केकी छिन् । फिल्मका कार्यकारी निर्माता राज घिमिरे हुन् । फिल्ममा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय छ ।
लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले चलचित्रको वितरण अधिकार लिएको छ ।

 

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ४ : २७ बजे