३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गैर कानुनी तवरले बसिरहेका पाँच जना बंगलादेशी नागरिक नियन्त्रणमा



१३ चैत ।काठमाडौं भिसा अवधि समाप्त पश्चात गैर कानुनी तवरले बसिरहेका ५ जना बंगलादेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बंगलादेशी नागरिकहरू २६ वर्षीय एमडि रिफत अहमद, २३ वर्षीय एमडि अबदुल्ला, ४५ वर्षीय एमडि समसुयल होडा, ३० वर्षीय अबदुल विश्‍वास र ३६ वर्षीय एमडि मासुम मियालाई नियन्त्रणमा लिएको हो । बंगलादेशी नागरिकहरू विभिन्न मितिमा नेपाल प्रवेश गरि गैरकानुनी ढंगले काठमाडौंको सोह्रखुट्टे क्षेत्रमा बसोबास गर्नुको साथै शंकास्पद गतिविधिहरूमा संलग्न रहेको भन्ने सूचनाको आधारमा उक्त कार्यलायबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं सोह्रखुट्टेबाट नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि अध्यागमन विभाग कालिकास्थान काठमाडौंमा पठाइएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  १ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।