२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर सातदोबाटो बस्ने आशा चौधरी लिम्बु बैंकिङ कसुरमा पक्राउ



१४ चैत । काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सुनसरी इटहरी नगरपालिका-५ घर भई ललितपुर, ललितपुर महानगरपालिका-१५ सातदोबाटो बस्ने ३६ वर्षीया आशा चौधरी लिम्बुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटन ललितपुरबाट २०७६ माघ ७ गते बैंकिङ कसुर मुद्दामा २ दिन कैद, ३ लाख रूपैयाँ बिगो बमोजिम जरीवाना र क्षतिपुर्ती बापत पिडीत राहत कोषमा १२ हजार रूपैयाँ जम्मा गराउने फैसला भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर सातदोबाटोबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर लगनखेल पठाइएको छ ।

 

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  १ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।