५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता विपिन कार्की निःशुल्क पनि अभिनय गर्छन्, अभिनेत्री बर्षालाई पारिश्रमिक थोरै



१६ चैत्र । अभिनेता विपिन कार्कीले चलचित्रहरुमा निःशुल्क अभिनय गरेको खुलासा गरेका छन् । उनले जेठ ३० गतेदेखि प्रर्दशनमा आउन लागेको चलचित्र रेड सुडकेसमा निःशुल्क अभिनय गरेको एक अन्र्तवार्तामा बताएका छन् ।
उनले चलचित्रको रोल मन परे पैसा प्रमुख नहुने बताए । कतिपय चलचित्रमा पारिश्रमिकमा बार्गेनिङ नै नगर्ने उनको भनाई छ । उनले धेरै पैसा पाउने लोभमा मन नपरेको चलचित्रमा अभिनय गर्ने गरेको उनले बताए ।
पैसाको सधै अभाव हुने तर पैसा पाए भन्दैमा चलचित्रमा अभिनय नगर्ने बताए । उनले कतिपय ठाँउमा निशुल्क भ्वाइसओभर गरेका छन् ।
तर अभिनेत्री बर्षाले भने अभिनेताभन्दा अभिनेत्रीहरुका लागि ज्यादै थोरै पारिश्रमिक दिने गरेकोमा असन्तुष्टि व्यक्त गरिन् ।
चलचित्रका हिरोभन्दा आधा पनि नदिने उनको भनाई छ । तर चलचित्रको प्रमोसनमा चाही पेलाउने गरेकोमा उनको असन्तुष्टि छ । अभिनेत्रीहरुलाई चलचित्रको प्रमोसनका लागि मात्रै लिइने गरिएको छ । चलचित्रमा हिरोएनलाई शोकेषको रुपमा मात्रै अभिनेत्रीहरुलाई खेलाइएको भन्दै अभिनेत्री बर्षाले असन्तुष्टि जनाइन् । अभिनेता विपिन कार्कीले अभिनेत्रीहरुले पारिश्रमिकको यो विषय उठाउनु पर्ने तर्क गरे ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ३ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।