२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नेविसंघद्वारा सरकारविरुद्ध सडकमै हवन



१६ चैत । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सरकारको विरोधमा प्रदर्शन गरेको छ। शुक्रबार काठमाडौँको शान्ति बाटिकामा भेला भई नेविसंघले सरकारको विरोधमा प्रदर्शन गरेको हो। उनीहरूले सरकारको विरोधमा सडकमै हवन गरेर सांकेतिक रूपमा सरकारको विरोध गरेका हुन्।

उनीहरूले खोई उत्तरपुस्तिका टियुले हरायो, खोइ त उत्तरपुस्तिकाको सुरक्षा यही हो त शिक्षामन्त्रीज्यू टियुको वर्तमान अवस्था, गृहमन्त्रीज्यू जीबी राई खोइ ? सहकारी ठगी काण्ड स्वाहा, दोहोरो नागरिकता काण्ड स्वाहा, सुनतस्कर काण्ड स्वाहा, गृहमन्त्रीको नैतिकता स्वाहा, भूटानी शरणार्थी काण्ड स्वाहा, विद्यार्थीको उत्तरपुस्तिका स्वाहा, विद्यार्थीको भविष्य स्वाहा, समयमै परीक्षाफल प्रकाशन स्वाहा, खुला प्रक्रियाबाट भिसी नियुक्ति प्रक्रिया स्वाहा, भिसीको नयाँ कार्ययोजना स्वाहा, शिक्षामन्त्रीको कार्ययोजना स्वाहा, टियु पदाधिकारीको नैतिकता स्वाहा, शिक्षा क्षेत्रमा राजनीतिको अन्त्य स्वाहा, टियुमा बेथितिको अन्त्य स्वाहा लगायतका प्लाकार्ड र शब्द प्रयोग गरी विरोध जनाएका थिए।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ४ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।