५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


डेव्यु अभिनेत्री गरिमा शर्मा अभिनेता कवीर खड्काको अंगालोमा बाँधिएको पोस्टर सार्वजनिक भएपछि उत्साहित



१६ चैत्र । नेपाली रजतपटमा एक साथ डेव्यु गरेका गरिमा शर्मा अभिनेता कवीर खड्काको अंगालोमा बेरिएको चलचित्र ‘लण्डन टु पेरिस’को पोस्टर सार्वजनिक भएसँगै उत्साहित भएकी छिन् ।


उनले पोस्टरसँगै सामाजिक सञ्जालमा कविताको लयमा भावनात्मक शव्दहरु पेखेकी छिन् ।
उनले सामाजिक सञ्जालमा, ‘“सपना”
देखेका सपना पुरा हुने हुन की भन्ने आस जागेको छ,ए भगवान् तिमिले त सुनेका छौ नि मेरो प्रार्थना भन्ने लागेको छ,’ भन्दै लेखेकी छिन् । उनले कवितात्मक भावमा चम्कन पाउँ आकाशमा उज्यालो तारा बनी झर्दा पनि निराश भने हुने छैन“गरिमा तिमिले कोसिस त गरेको हो नि” भन्दै मनको बह पोखेकी छिन् ।

निर्देशक घनश्याम लामिछानेले निर्देशनमा निर्माणाधिन चलचित्र ‘लण्डन टु पेरिस’ पोस्टरमा अभिनेत्री साम्राज्ञी शाह, अभिनेता निश्चल खड्का समेत पोस्टरमा अटाएका छन् ।
यही जेठ २५ गते प्रर्दशनको तयारीमा रहेको चलचित्रमा रुष्मा थापा, मनिष श्रेष्ठ र मनिष गान्धीको पनि अभिनय छ ।

चलचित्रकोपटकथा प्रदीप भारद्वाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको चलचित्रमा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा छन् ।

यस्तो छ अभिनेत्री गरिमाको स्टाटस :

https://www.facebook.com/photo?fbid=1038858021175856&set=a.109298134131854

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ३ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।