२३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


चलचित्र ‘पुजार सार्की’मा अभिनेता पल शाह जातीय विभेदविरूद्ध बन्दुक बोकेर उत्रदै



१७ चैत्र । चलचित्र ‘पुजार सार्की’को पोस्टरमार्फत अभिनेता पल शाहको चरित्र चित्रण गर्दै पात्रको अवतार सार्वजनिक गरिएको छ ।
सामाजिक सञ्जालमाफत उनी (मेघराज खत्री) (मेगेजी)को रुपमा चलचित्रमा आउन लागेको तथ्य बाहिरिएको हो ।
सार्वजनिक पोस्टरमा पल शाह हातमा बन्दुक बोकेर उभिएका छन् । पोस्टरमा मैलो सर्ट पाइन्टसँगै इष्टकोट लगाएका शाह ठ्याक्कै गाउँले ठिटो झैं लाग्छन् ।
चलचित्र जातीय विभेदविरुद्ध निर्माण गरिएको छ । पञ्चायतकालिन गाउँले जीवनमा आधारित निर्माण गरिएको यो चलचित्र कास्कीको रुपाकोटमा छायांकन गरिएको थियो । चलचित्रको पटकथा लेखक विकास सुवेदी लेखेका हुन् ।
यस चलचित्रको प्रदर्शन मिती अहिलेसम्म घोषणा गरिएको छैन । चलचित्रमा प्रदीप खड्का, आर्यन सिग्देल, अञ्जना बराइली र परिक्षा लिम्बुको समेत अभिनय गरेका छन् ।
पछिल्लो समय बलात्कारको आरोप, जेलजीवन र निर्दोष पुष्टि भएपछि पहिलोपल्ट चलचित्रमा अभिनेताको रुपमा चलचित्रको पर्दामा शाह देखिदैछन् । उनी केही समयसम्म म्युजिक भिडियोमा अभिनय गरिरहेका थिए ।

 

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ७ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।