१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौ महानगरको निःशुल्क शौचालयमा पैसा असुल्दै कर्मचारी, अपाङ्गमैत्री शौचालयमा पसल



ललितखबर
१८ चैत्र । काठमाडौं महानगरको महाँकालमा महानगरले सञ्चालन गरेको निःशुल्क शौचालयमा कर्मचारीले पैसा असुल्ने गरेको खुलेको छ ।
काठमाडौं महानगर २२ वडाले केही महिनाअघि सञ्चालन गरेको निःशुल्क भन्दै नयाँ सडकनजिकै महाकाल मन्दिरपरिसरमा शौचालय शौचालयमा गरेको थियो । सो शौचालयमा कर्मचारी विजय देउलाले टोकरी राखेर पैसा असुल गर्ने गरेका हुन् ।

पैसा असुल्नका लागि राखिएको टोकरी ।

महिला पुरुष र अपांगमैत्री तीन वटा शौचालय मध्ये अपांगमैत्री शौचालयमा उनले पसल राखेका छन् । शौचालयअगाडि सामान झुण्डाइएको छ भने भित्र पोकापन्तरा राखिएको देखिन्छ ।
पसल राख्दा अपांगता भएका मानिस शौचालयमा जान समस्या हुने सन्र्दभ जोडेर ललितखबरले प्रश्न गर्दा देउलाले मान्छे आए आफूले सामान निकालेर बाहिर बस्ने बताए ।
निशुल्क शौचालयमा रकम असुल गरिरहेको अवस्थाको तस्विर खिच्न खोज्दा देउलाले तस्विर नखिच्न धम्क्याउदै भने, ‘यो मेरो घर हो । म बस्ने भएपछि मैले पैसा लिन्छु । पत्रकार भएर फोटो खिच्न पाइदैन ।’
निःशुल्क शौचालयमा पैसा असुल गरेको र पसल सञ्चालन गरेको विषयमा महानगरको २२ नम्बर वडाध्यक्ष चिनीकाजी महर्जनसंग प्रश्न गर्दा उनले कर्मचारीको उल्टै बचा उगर्दै पैसा असुल गर्न आफूहरुले नै सहुलियत दिएको बताए ।
उनलाई १६ हजार तलव दिइएको र परिश्रमिक नपुगेको भएर आफूहरुले पसल राख्न र पैसा असुल गर्न सहुलियत दिएको उनको भनाई छ । उनले निःशुल्क शौचालयमा पैसा असुल गरेको विषयलाई इस्यु नबनाउन आग्रह गर्दै संवावददातालाई फोन गरेर माफी माग्न लगाउने बताए ।
उनले भने, ‘गरिवले दिसापिसाप गर्ने ठाँउमा काम गरिरहेको छ । यो कुरालाई ठूलो नबनाउनुस् । आउनुस् वडा कार्यालयमा चिया खाऔं ।’
कर्मचारी देउलाले भने ४२ हजार तलव लिने गरेको दाबी गरेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ७ : २६ बजे