६ माघ २०८१, आइतबार | Mon Jan 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बालकुमारीबाट राजस्व छलीका मोबाइलसहित एक जना पक्राउ



१८ चैत । ललितपुर महानगरपालिका-८ बालकुमारीस्थित ट्रेन्डिङ मोबाइल हबबाट करिब १५ लाख रूपैयाँ मूल्य बराबरका भन्सार छली चोरी पैठारी गरी ल्याएका ३५ थान मोबाइलसहित हबको संचालक सोही ठाउँ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-२ घर भएका २२ वर्षीय सरोज योञ्जनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
ललितपुरको बालकुमारी एरियामा विभिन्न कम्पनीका मोबाइलहरू राजस्व/भन्सार छली चोरी पैठारी गरी ल्याई बिक्री वितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  १ : ३४ बजे