५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘खजुरे ब्रो’को गीत ‘लभ गर्ने मान्छे’ सार्वजनिक(भिडियाेसहित)



१८ चैत । वैशाख २८ गते रिलिज हुने नेपाली चलचित्र ‘खजुरे ब्रो’ पहिलो गीत ‘लभ गर्ने मान्छे’ सार्वजनिक गरिएको छ। काठमाडौंको सुनधारास्थित सिडिसि सिनेमा हलमा एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरिएको हो।

यस गीतको भिडियोमा चलचित्रका प्रमुख पात्र रेयर राई, महेश त्रिपाठीका साथमा अन्य कलाकारहरूको अभिनय रहेको छ। गीतमा अनमोल गुरुङको शब्द तथा सङ्गीत रहेको छ। अनमोल र अनुपम गुरुङको संयुक्त स्वर रहेको छ।

यस चलचित्रका लेखक तथा निर्देशक सुरज सुनुवार हुन्। यही चलचित्रबाट निति शाहले चलचित्रमा डेब्यू गरेकी हुन्। चलचित्रमा रेयर, महेश, नितिका अलावा नवीन मानन्धर, प्रकाश भुजेल, विनीता थापा मगर, सुष्मा निरौला, पुष्कर कार्की, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, शान्तिला तामाङ, पवन लिम्बु, दीप चन्द्र राई (कान्छी) लगायतको अभिनय रहेको छ।

दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण गरेको ‘खजुरे ब्रो’का निर्माता नवीन मानन्धर र सुरज सुनुवार हुन्। अनिल मानन्धर र पिकेश मानन्धर सह निर्माता हुन् भने डायमन्ड उप्रेती कार्यकारी निर्माता हुन्।

‘खजुरे ब्रो’मा शिशिर विशंखेको छायाङ्कन र मित्र डि गुरुङको सम्पादन रहेको छ। वितरक आरआर फिल्मसको हो।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  १ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।